Sunday, December 16, 2012

गजल

काँडाको त धर्म त्यहि घोच्छ पक्कै पनि ,
फूलले त घोच्नु अघि सोध्छ पक्कै पनि /

बेवारिसे जन्म दियौ बाटो बिराएर , 
बच्चाले त बाबु को हो? खोज्छ पक्कै पनि /

कर्तब्य'त्यो प्रकृतीले बिर्सिएला बरू ,
किसान त आफ्नो बारी जोत्छ पक्कै पनि /

 

बीरता'हो नेपालीको झुक्न जान्या छैन ,
झुक्नु परे मृत्यू आफै तोक्छ पक्कै पनि ।

भ्रष्ट मान्छे भ्रष्टै हुन्छ भित्री आत्मै देखि ,
स्वाभिमानी आत्माले त रोक्छ पक्कै पनि /
**** 

साथी समिर 
झापा 

No comments:

Post a Comment