![]() |
| Suresh Prasad Aryal Kanchho |
समयको काँडे खाटमा
उत्तानो पर्न बाँध्य छ किन
मेरो हर साँझ,मेरो हर रात....?!
मोमबत्तीको मधुरो प्रकाशमा
मेरो मन पतंगर बन्दछ,
शिखा ऊन्को आकृति बन्छ
अनि म मोहित सदासरि
ऊन्को अँगालोको मृगतृष्णामा
आफ्नै टाउकोमा हात राख्न पुग्छु
अनि भष्म हुन्छु,
बरदान श्राप भैजान्छ,
एउटा पतिँगर जलेको हुन्छ..../
मेरो कोठाको एक कुनोमा
फेरि एउटा साँझ, एउटा रात
समयको हवशको बलि भैकन
रगताम्य नग्न लडिरहेको हुन्छ.../
अहो बिडम्बना-
अर्को बिहान
लतारिदै रात क्षितिजमा लुक्छ
तर म देख्न सक्छु
आँशु पात-पातमा टल्किएको
र बिर्य तुसारो भै फैलिएको.../
मेरो साँझ,मेरो रात...."

No comments:
Post a Comment