Wednesday, December 12, 2012

गजल

Badri Adhikari
राहदानी दलालको हातमा छ हजुर।

चैन यहाँ दिनमा न रातमा छ हजुर।।

दिवास्वप्न देखाई पठाइहाल्यो बिदेश।
खोक्रो आदर्श तिनको बातमा छ हजुर।।

ज्यानै दाउमा राखी गर्नुपर्ने काम पनि।
जिन्दगी यो कर्कलाको पातमा छ हजुर।।
 
साथीभाइले होच्याउँदा प्रवासनै खल्लो।।
कारण मेरो अछुतो जातमा छ हजुर।।

मरिन्छकि पीरै पीरले भन्ने लाग्न थाल्यो।
एकमुठी स्वास निस्तो भातमा छ हजुर।।

No comments:

Post a Comment