Wednesday, December 12, 2012

गजल

 
Nabin Nepal
                                                
एउटा जमिनदार देवदास हुन्छ,

 पार्वती उस्को प्रेम प्यास हुन्छ,

हुकुमतको घमन्ड देखापर्छ जब
समस्या र बाधाको रास हुन्छ,

बुझाउन खोज्छ अमर प्रेम गाथा
आखिर एक्लो घर न बास हुन्छ,

बिहा गर्छे पारु जोगाउन इमान
निल्नु न ओकल्नुको गास हुन्छ,



पारु भुल्ने सहारा नसा लिन्छ देव
रक्सिको कुलतले सर्बनास हुन्छ,

दियो निम्छ पारुको तेलबाकी छदै
उस्को घरको दैलामा लास हुन्छ,

No comments:

Post a Comment