फुल बनी फुल्नु पर्ने
![]() |
| Bharat Timalsina Darpan |
काडाँ बनी बसी दियौ ।
माया गर्ने मुटु माझमा
बसी छुरा धसी दियौं ।।१।।
निदोर्ष थिएँ मायामा मत
तिम्ले मायाको दोषी बनायौं
आँखामा कैले सुक्दैनन् आँसु
सधैं बग्ने रोसी बनायौं ।।२।।
कोमल मेरा यी आँखामा
कसिङ्गर बनी बसी दियौं
माया गर्ने मुटु माझमा
बसी छुरा धसी दियौं ।।३।।
पग्लेर साँच्चै नौनी जस्तै
चिप्लो धस्दै नजिक परिथ्यौं
जब आफनो रहर पुरा भो
अनि विस्तारै पर परिथ्यौं ।।४।।
महान भन्लान् सबैले तिम्लाई
मेरो नजरमा खसी दियौं
माया गर्ने मुटु माझमा
बसी छुरा धसी दियौं ।।५।।
आफु एक्लै जाती बनी
घाती मेरो नाम दिएर
हातको ऐना भैं झारी
दर्पण भनी उपनाम दिएर ।।६।।
उल्टै आफैं नामी बनी
हरपल मनमा बसी दियौ
माया गर्ने मुटु माझमा
बसी छुरा धसी दियौं ।।७।।
फुल बनी फुल्नु पर्ने
काडाँ बनी बसी दियौ ।
माया गर्ने मुटु माझमा
बसी छुरा धसी दियौं ।.........दर्पण

No comments:
Post a Comment