Monday, December 17, 2012

गजल

बात हरु चल्छन भने चल्न देउ सानु 
रात हरु ढल्छन भने ढल्न देउ सानु 

मायाप्रित नै नबुझ्ने ति रुढीवादी सबै 

जात हरु जल्छन भने जल्न देउ सानु 

साँचो प्रेममा इर्ष्यालुको मन भित्र भित्रै
खात हरु जल्छन भने जल्न देउ सानु 

 

आउ हामी प्रेम पथमा साथ सँगै हिड्दा 
आत हरु गल्छन भने गल्न देउ सानु 

दोबाटोमा लुकी छिपी यही समाजले नै 
घात हरु छल्छन भने छल्न देउ सानु 

 

(दर्शन योङ्हाङ्)झापा ...


 

2 comments:

  1. la badhaai Jeetu G blog updating maa naya sathi bhet bhayo khusi laagyo.

    ReplyDelete
  2. ब्लग भ्रमण गरी दिनु भएको मा हार्दिक आभार प्रकट गर्दछु साथी हरुले मलाई सम्झी ट्याग गर्नु भएका गजल समयले भ्याए सम्म अपलोड गर्ने नै छु फुर्सद मा बसेर हेर्न मिल्ने छ यहाँ

    ReplyDelete