पुग्यो की त बाँकी छ ईच्छा बताऊ ।
छ नै के र स्थीर सोच यो जिन्दगीमा
अनिश्चित सबैमा छ आस्था जगाऊ ।
चुरोटको धुँवासङ्ग उड्दैछु आज
सगरमा विलिन हुन्छु आई समाऊ।
हरेक पल सहेकैछु पीडा सबै त्यो
रहेको सबैमाझ आरोप लगाऊ ।
अधर चुम्नु अंगाल्नु देखावटी हो
बुझेकैछु भैगो त छेउमा नआऊ ।
TB Sagar
(फऊलुन् X ४)
मुतकारिब मुसम्मन सालिम

No comments:
Post a Comment