बित्दैछ कसरी रात सुनाउनु छ तिमीलाई।
भित्री मनको बात सुनाउनु छ तिमीलाई।
थाहा हुन्थ्यो बल्ल आफ्नैले चोट दिए,
के कस्तो हुन्छ घात सुनाउनु छ तिमीलाई।
सहेका हजारौ लात सुनाउनु छ तिमीलाई।
चलेन पानी लाग्दा चोट रगत अगाडी सर्यो,
हुन्छन एउटै जात सुनाउनु छ तिमीलाई।
स्वार्थ लुट्ने संसारमा कोही नहुँदा आफ्नो,
कस्तो हुन्छ यी हात सुनाउनु छ तिमीलाई।
टपन जिः एम
हाडहाडे दुई गुल्मी,

No comments:
Post a Comment