मेरो धड्कन तिम्रै नाममा धड्किरह्यो सधैं ।।
होइनौ मेरो थाहा छ तर किन.?धेरै मायाँ ।
आखिरमा छाँया बनी पर्खिरह्यो सधैं ।।
किन छाप लगायौ मनको माझेरी मा ।
भुल्न खोजे पनी मुटु चर्कीरह्यो सधैं ।।
मिठो बोली बचन दिएँ दुख्ला मन भनी ।
हरेक मेरो मुस्कान मा झर्किरह्यौ सधैं ।।
समिप हुन खोज्थे सधैं तिम्रो मायाँ मा ।
बुझेनौ खै मेरो मायाँ तर्कीरह्यौ सधैं ।।
राजु चालिसे "बिछोड"
कपिलवस्तु हाल::दुबई

No comments:
Post a Comment