Tuesday, December 25, 2012

गजल

टन्टलापुर घाम छेल्न छाया बनी आई देउ
खुशी छर्न जिन्दगीमा मीठो माया लाई देउ ।

सुके सबै धारा कुवा तिर्खाएको यात्री हुँ म
तिर्खा मेटी प्राण भर्न मुहान बनी धाई देउ ।

शीत बन्दै आँसु खसे चुहिँदो छ मन मेरो
प्रेम रुपी खर ल्याई त्यहि मन छाई देउ ।



धेरै भयो कोईलीले बशन्ती गीत नगाएको
तिमी आज मेरा लागि मीठो गीत गाइ देउ ।

यति ठूलो संसारमा दुख साट्ने छैन कोही
लौ न तिमी बाउसे भै मेरो 'जीवन' साइ देउ ।



गजलकार राजु अधिकारी 
बिराटनगर 

No comments:

Post a Comment