आँसुले मन पखालिन्छ रोकेर किन बस्छ्यौ ?
पोख तिम्रा सबै पीडा वोकेर किन बस्छयौ ?
हुन सक्छ चोट गहिरो नराम्ररी बल्झिएको
कति सम्म खप्छ्यौ व्यथा जोखेर किन बस्छ्यौ ?
खाटा बस्ला संझौतामा बाँच्न पनि सकिएला
माँग तिम्रो खुशी ओठ टोकेर किन बस्छ्यौ ?
सपना त सँधै धोका विपना पो यथार्थ हो
हार मिल्दा पनि ताली ठोकेर किन बस्छ्यौ ?
सँधै बाँच्यौ उदासीमा बैगुनीको सास्ती खेप्दै
अझै उस्कै भजन व्यर्थ्यै घोकेर किन बस्छ्यौ ?
गजलकार -राजु अधिकारि
बिराटनगर

No comments:
Post a Comment