Wednesday, December 26, 2012

गजल



नबिर्सने गरी मनमा बसेर गयौ।
मुटुमै बास दिए छुरा धसेर गयौ।

लाग्थ्यो मलाई तिमी मेरै बशमा आयौ,
मनको ढोका खोली भित्र पसेर गयौ।

आउदा त जुन बनि धेरै खुसि थिए,
आँशु बनि आँखाबाय किन खसेर गयौ।

जब आथ्यौ मुटुमाझ तन मन हल्लिएथ्यो,
..चोखो प्यार गर्छु भन्दै डसेर गयौ।

खुसि लुटि अपनाए लाग्थ्यो होला तिम्लाई,
एकचोटी त मेरो मायामा नी फसेर गयौ।

टपन जिःएम
हाडहाडे दुई गुल्मी,

No comments:

Post a Comment