कोहि फूल्को धर्ती बोक्छन् कोहि जुन्को आकाश बोक्छन्
प्रेम भित्र दुई मिलन मर्ने बाँच्ने साहास बोक्छन् ||
जुन रुन्छ रात भरि आँशु झार्छ बिहानी पख
घाम उता क्षितिजमा लाली भरि मिठास बोक्छन् ||
फूल्को दुख फूलै सँग पौठेजोडी खेली रहन्छ
भवराको हुलहरु समिप आई सुवास बोक्छन् ||
पिडा के हो भन्ने कुरा थाहा हुन्न रुखहरु लाई
भार जति पहाड बोक्छ रुख हरु बतास बोक्छन् ||
हो अचेल बाजेहरू निदाउन थालेका छन
त्यसैले त युवाहरु देश हाक्ने प्रयास बोक्छन् ||
पिवन कन्दङ्वा लिम्बू
आठराइ- छातेढुङ्गा- तेह्रथूम

No comments:
Post a Comment