Friday, December 14, 2012

गजल



कोहि फूल्को धर्ती  बोक्छन् कोहि जुन्को आकाश बोक्छन्
प्रेम भित्र दुई मिलन मर्ने बाँच्ने साहास बोक्छन् ||


जुन रुन्छ रात भरि आँशु झार्छ बिहानी पख
घाम उता क्षितिजमा लाली भरि मिठास बोक्छन् ||


फूल्को दुख फूलै सँग पौठेजोडी खेली रहन्छ  
भवराको हुलहरु समिप आई सुवास बोक्छन् ||






पिडा  के हो भन्ने कुरा थाहा हुन्न रुखहरु लाई  
भार जति पहाड बोक्छ रुख हरु बतास बोक्छन् ||


हो अचेल बाजेहरू निदाउन थालेका छन
त्यसैले त युवाहरु देश हाक्ने प्रयास बोक्छन् ||


  पिवन कन्दङ्वा लिम्बू 
 आठराइ- छातेढुङ्गा- तेह्रथूम

No comments:

Post a Comment