Friday, December 14, 2012

गजल


दिन्छु धोका भनेर मैले माया लाईन सानु।
तिम्रो विश्वाश'ले नशापात खाईन सानु।

कस्ले काट्यो कुरा हाम्रो त्यो चाल पाईन मैले,
देखेपछी आँशु तिम्रो मनले शान्ति पाईन सानु।

हाम्रो चोखो मायामा रिस गर्नेले हो कि खै,
विश्वाश गर तिम्लाई छोडी अन्त कतै धाईन सानु।

बाध्यता र बिबशता ले जेलेपछी आत्मा,
अन्धकार ले घेरेपछी मनमा माया छाईन सानु।

तिमी बाट टाढा हुँदा डाको छोडी रुने मन थ्यो,
नाँच्दै हाँस्दै समिपमै मैले गीत गाईन सानु।

टपन जि एम
हाडहाडे दुई गुल्मी,
 

No comments:

Post a Comment