Friday, December 14, 2012

गजल


दिन रात नयन भरि दर्कि जीउँदैछु,
घरि ओल्टो घरि कोल्टो फर्कि जीउँदैछु।
 
पूर्व मेची पश्चिम काली मेरै जननी हो,
छाति भरि देश दुख्छ चर्कि जीउँदैछु।

घात माथि घात हुन्छ कस्तो मेरो प्रित,
हृदयमा नुन चुक छर्कि जीउँदैछु।

लगुँ जस्तो गर्छ नियती जरै उखेलेर,
बाँचे धेरै भोग्न मिल्छ तर्कि जीउँदैछु।

कति आए,कति गए कायापलट गर्ने,
तिनीहरुकै धुर्त बोली सर्कि जीउँदैछु।

स्मृती नै खल्बलिन्छ परी बज्रपात,
पल पल सत्ये सत्ये थर्कि जीउँदैछु।

लक्ष्मी स्मृती
बिराटनगर

No comments:

Post a Comment