Thursday, December 13, 2012

गजल

Nirmala Awasthi
खै त नेता अझैपनि सहमति गरेनौ।

कति प्यारो रैछ कुर्सी तल झर्दै झरेनौ।।

कठैबरा राम सर दिक्क भ ए अबत
बाँदर पो रैछौ क्यारे मान्छे जात परेनौ।

पाप लाग्ला तिमीलाई आमालाई रवायौ
गर्नु गर्‍यौ मोज चाहीं देशको दु:ख हरेनौ।।





तिमी जस्ता लाछी नेता यो धर्तीमा जन्मियौ
या त गर्भै तुहिनुथ्यो या त जन्मै मरेनौ।।


जन्म लियौ मनुष्यको बानी पशु सरी भो
नरकमै बस्ने भयौ भवसागर त्यो तरेनौ।।

No comments:

Post a Comment