जालि र फटाहाको झेलामा अल्झियो नेपाल,
कुर्सि तानतानको झमेलामा अल्झियो नेपाल।
पौरखि यी हातहरु बिना अर्थ प्रयोग गरी,
सहमतिय नौटंकि भेलामा अल्झियो नेपाल।
हजारौं बिर सहिदको मुल्य चुकाउनु भन्दा,
गुट उपगुटको तबेलामा अल्झियो नेपाल।
![]() |
| राधिका कुइकेल खनाल |
जालि र फटाहाको झेलामा अल्झियो नेपाल,
कुर्सि तानतानको झमेलामा अल्झियो नेपाल।
पौरखि यी हातहरु बिना अर्थ प्रयोग गरी,
सहमतिय नौटंकि भेलामा अल्झियो नेपाल।
हजारौं बिर सहिदको मुल्य चुकाउनु भन्दा,
गुट उपगुटको तबेलामा अल्झियो नेपाल।
जनावर बनाएर सारा जनतालाइ रुवाइ,
दुष्ट दुशासनको फेलामा अल्झियो नेपाल।
स्वाधिनता र सार्वभौम गौरव हाम्रो थियो,
बिदेशि प्रभुको नेलामा पो अल्झियो नेपाल।

No comments:
Post a Comment