जवानीमा उर्लिएको भेल रैछ मायाँ
साँच्चै भन्दा दुईआत्माको मेल रैछ मायाँ||
जता बाट खेले पनि हारै हात लाग्ने
जानी जानी खेलिने त्यो खेल रैछ मायाँ||
पिरतीको बन्धन हो बाँधे पछी गार्हो
दुई मुटु कैद हुने जेल रैछ मायाँ||
कस्तो हो यो परीकार खाँउ खाँउ लाग्ने
खाए पछी पछुताउने सेल रैछ मायाँ||
साधु सन्त योगी सँग सोधी हेरे मैले
चिन्तनको सु मार्गमा फेल रैछ मायाँ ||
No comments:
Post a Comment