उस्तै मेरो गाउ गल्लि शहर नयाँ नयाँ
मान्छे उही पुरानै छ रहर नयाँ नयाँ||
धमाधमी खुल्दै गए बहर पाठसाला
गुरु नयाँ छन्द नयाँ बहर नयाँ नयाँ||
शब्द भाब पुरानै छ कलम उस्तै थोत्रे
सिक्ने अनी सिकाउने लहर नयाँ नयाँ||
स्वाद उही पुरानै छ बोतल फेरिएछ
कसरी पो भन्नु मैले जहर नयाँ नयाँ||
कालो पनि सेतो हुन्छ बहुमत पुग्यो भने
दृष्टि उस्तै धमिलो छ ठहर नयाँ नयाँ||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
मान्छे उही पुरानै छ रहर नयाँ नयाँ||
धमाधमी खुल्दै गए बहर पाठसाला
गुरु नयाँ छन्द नयाँ बहर नयाँ नयाँ||
शब्द भाब पुरानै छ कलम उस्तै थोत्रे
सिक्ने अनी सिकाउने लहर नयाँ नयाँ||
स्वाद उही पुरानै छ बोतल फेरिएछ
कसरी पो भन्नु मैले जहर नयाँ नयाँ||
कालो पनि सेतो हुन्छ बहुमत पुग्यो भने
दृष्टि उस्तै धमिलो छ ठहर नयाँ नयाँ||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
No comments:
Post a Comment