![]() |
आशाको दियो जलेन भने मरेछ नभन्नु !
जिउने झिनो सहारा पनि टरेछ नभन्नु !!
पर्खेर कति बसेकि हौली खबर नहुँदा !
मारेर माया समुन्द्र पारि तरेछ नभन्नु !!
खाएको थिएँ बाचा त मैले फर्केर आउंछु !
सन्देश सुन्दा घटना भित्र परेछ नभन्नु !!
सम्हाली राख सजाई कुनै मुटुको कुनामा !
म तिम्रै काले पराई सिउँदो भरेछ नभन्नु !!महल खोज्दै शहर भरि बिर्सेर प्रित यो !
छोडेर झुप्रो बसाई अन्तै सरेछ नभन्नु !!
बिबस भई बाँच्नु नै पर्छ दैबको खेलमा !
भेट्टीने हाम्रो दोबाटो बन्द गरेछ नभन्नु !!
रबिन प्रधान "प्रतिक"
खोटाङ्

हार्दिक धन्यबाद मित्र जीतु जी, आभार प्रकट गर्दछु |
ReplyDeleteहजुरलाइ स्वागत छ
ReplyDelete