Saturday, July 3, 2010

अब

दियौ धोका तिमीले नाता हाम्रो टुट्यो अब
तोड्यौ दिल तिमीले साथ हाम्रो छुट्यो अब ||

लाखौं आशा बोकेको मुटु पनि चर्कियो अब
तिमी सँग देखेको खुशी मेरो लुट्यो अब ||

तिम्रो मेरो अलग यात्रा बाटो गोरेटो पनि
मक्कै सरी रहर हरु मेरो भुट्यो अब ||

भुली देउ मलाई पनि तिमी आजाद अब
भेटे साथ मैले नि अन्तै नाता जुट्यो अब ||

No comments:

Post a Comment