Tuesday, December 25, 2012

५ मुक्तक


मुकतक १
खोला नाला झर्ना अनि चौतारीको याद आयो 
दाउरा, घाँस, सँगै धाउने दौंतरीको याद आयो| 
परदेशमा एक्लै एक्लै बिगत सम्झि बाच्नुपर्ने 
उनि सँगै मायाँ भाक्या देउरालीको याद आयो||

मुक्तक २
कल्पनामा किन आउँछौ निस्ठुरी मायाँलु
सम्झनामै किन छाउँछौ निस्ठुरी मायाँलु |
मलाई साच्चै तिम्रो साथ चाहिएन भन्दा 
झुटो मायाँ किन लाउँछौ निस्ठुरी मायाँलु||

मुक्तक ३
किन किन आँखाभरि आँशु छल्कियो 
छाती माझ नबल्झेको घाउ बल्झियो |
तेसै तेसै पोली रन्छ योमन अनायासै 
लाग्छ भित्र दन्किएर आगो सल्कियो||



मुक्तक ४
सडक, बाटो, उभिएका हबल्दार भन्दै थिए
नाराजुलुस नचर्काउनु खबरदार भन्दै थिए|
जतिपीयो त्यतिमीठो गरिबको तातो रगत 
रगत चुसी मोटाएका, बजनदार भन्दै थिए||

मुक्तक ५
बिर्सिनेलाई सम्झाएर के फाईदा
रिसाउनेलाई फकाएर के फाईदा|
आफ्नो अमुल्य समय खेरफाली
फकाई मन्मा बसाएर के फाईदा||

राजु मुखिया (दर्पण )

No comments:

Post a Comment