Tuesday, December 18, 2012

तस्बिरे गजल


2 comments:

  1. हार्दिक धन्यबाद
    जीतु खड्का गाउले जी,
    मैले "गन्तव्य" नै लेखेर पठाएको थिएँ मेरो मूल कापीमा त्यहि छ l तर यहाँ छपाई त्रुटि हुन पुगेछ हेर्नुहोस् त मैले यसरि पठाएको थिएँ :-

    गज़ल
    ****
    यति छिटै जिन्दगीका पाटाहरु फेरिएछन
    थाहै नपाइ गन्तव्यका बाटाहरु फेरिएछन

    हृदयलाई बिच्छ्याएर माया प्रेम सजाएको
    स्नेहालु त्यो आँगनीका माटाहरु फेरिएछन

    किट पत्थर फुटाएर बनाएको बगैँचालाई
    चट्ट पारी सिङ्गारेका साटाहरु फेरिएछन

    थोप्ला थोप्ली बटुलेर दिनानुदिन बहाएको
    रगत तथा पसिनाका टाटाहरु फेरिएछन

    छातिभरी लागेका ती अनगिन्ति चोटहरु
    घाउ फेरि बल्झिएर खाटाहरु फेरिएछन

    कोमल भट्ट
    पुरानो नैकाप,काठमाडौँ
    हाल:-न्युयोर्क,अमेरिका
    17th December,2012

    ReplyDelete
  2. हार्दिक स्वागत छ हजुर लाई
    तस्बिर बनाउदा गल्ती भएको रहेछ मैले जो देखे उही भनेको हुँ है हजुर गल्ती पेज एड्मिन को रहेछ

    ReplyDelete