Tuesday, December 18, 2012

गजल

एउटा गजल

मरेको दाजु आउला र प्रचन्ड ?
आत्माले शान्ति पाउला र प्रचन्ड ?

यो देशलाई धोका दिएर तिमी
कुन स्वर्ग नै जाउला र प्रचन्ड ?

गोटिको खेल बुझ्दैछन जनता
कती नै दिन छाउला र प्रचन्ड ?

तयार छन लाठी तिम्रो स्वागतमा
गाउको बाटो धाउला र प्रचन्ड ?

भोका र निमुखाको आवज हो यो
तिमीले मात्र खाउला र प्रचन्ड ?

युद्धको गीतले 'नेपाल' भयो यस्तो
अझै त्यो गीत गाउला र प्रचन्ड ?

गजलकार 
नबिन नेपाल 

No comments:

Post a Comment