Wednesday, December 19, 2012

गजल

धर्म बेच्ने ब्यापारीले लोभ्याएर गए
 ढल्किएको आफ्नो दुनो सोझ्याएर गए||

मन्दिरमा दुध पोखी ढुङ्गा पुज्छौ भन्दै 
नाना थरी दोष लगाइ होच्याएर गए||

शान्ती बार्ता भंग भयो को को मर्छ अब
थन्काएका हतियार उध्याएर गए||



जो मरेनी नेपाली नै मर्छ भने यहाँ
दोबाटोमा किन धराम बिछ्याएर गए||

मुर्छा पर्दै आमा रोईन काखी च्याप्दै छोरो
बिद्रोहको बुगुल फुक्दै अत्याएर गए||

जीतु खड्का गाउले
मोरङ उर्लाबारी

No comments:

Post a Comment