Friday, January 25, 2013

गजल

आँखै अघि कति मारिए , लेखाजोखा खै त आज ?
आफ्नै चेली कति बेचिए , लेखाजोखा खै त आज ?

राजा रानी सखाप पारि , सन्तती नै मास्दा पनि ,
योजनाकार को को थिए , लेखाजोखा खै त आज ?

 

 राष्ट्र भक्ती शिरमा राखि , वीर सहिदले हिजो ,
मुस्कान छोड्दै प्राण दिए , लेखाजोखा खै त आज ?



 


मन्त्री बनि सिहं दरबार उचाल्दैछन दोषीहरू ,
निर्दोष जति समातिए , लेखाजोखा खै त आज ?

थियो होला तिनको रहर देश कै बिकास गर्ने ,
के कारणले बिदेशिए , लेखाजोखा खै त आज ?


साथी समिर

No comments:

Post a Comment