Saturday, January 19, 2013

गजल,


फर्किन्छु म घर भन्दा , आउ भनिन मलाइ
बिरामी छु भन्दा दबै , खाउ भनिन मलाइ !!

काम गर्न नसकेसी , पठाई दियो नेपाल 

 घर पुग्दा छोरीले नी , बाउ भनिन मलाइ !!

किन भयो आफन्त नि , जागिर संगै पराइ
श्रीमतीले कस्तो भा'छ , घाउ भनिन मलाइ !!



दुखाई र तिरस्कारले , क्षेत बिक्षेत भो मनै
मलम् ल्याई कुनै दिन , लाउ भनिन मलाइ !!

घाऊ भरि किरा परी , मर्न लाग्दा तड्पिएर
ऋण काँढी अस्पताल , जाउ भनिन मलाइ !!


थकित यात्री "सुरेश" 
गोरखा ९ बिरिन्चोक 
हाल - आबुधाबी

No comments:

Post a Comment