Tuesday, December 18, 2012

गजल,


मेरो धर्म मेरो कर्म मेरो पुण्ये आमा ।
तिमी हुँदै चारधाम किन चुन्ने आमा ।

महान्ताको अर्को रुप त्यो देवी हौ तिमी
मम्ताको आँचल भित्र माया थुन्ने आमा ।

दियो बाली मन्दिरमा मेरै मागी खुसी
सु–स्वास्थ्य र दिर्घायुको माला उन्ने आमा ।


कति सजक कस्तो तेज छौं सधैं तुष्ट
धैर्य गरी निर्बुद्धिको बुद्धि सुन्ने आमा ।

द्धापर झैं कलिमा छोरो “भरत” बन्छ
गुनी मनमा अनेकौं सपना बुन्ने आमा ।।


No comments:

Post a Comment