Tuesday, December 18, 2012

गजल

फाइलुन् x 4 
212 + 212 + 212 + 212 
बहर: mutadaarik musamman saalim 


फूल वैली झरे टेक्न खोज्छन् यहाँ 
त्यो सुवासी भए भेट्न खोज्छन् यहाँ ||

काम राम्रो गरौं भन्छ ज्ञानी छ जो 
ज्ञानले नै घृणा देख्न खोज्छन् यहाँ ||

था'छ लंका पुगे राम सीता लिनू 
आज सीता झनै बेच्न खोज्छन् यहाँ ||



चाहना हो यही बन्नु धेरै खुशी 
दु:खमा छौ तिमी हेप्न खोज्छन् यहाँ ||

मौनताले सँधै भा'छु 'घायल' बुझ्यौ 
जो छ निर्धो अझै पेल्न खोज्छन् यहाँ ||

दलबीर सिंह बराइली 'घायल' 
गुप्तेश्वर-३,रामेछाप 
हाल:अबुधाबी,युएई 

No comments:

Post a Comment