हार्दिक धन्यबादजीतु खड्का गाउले जी,मैले "गन्तव्य" नै लेखेर पठाएको थिएँ मेरो मूल कापीमा त्यहि छ l तर यहाँ छपाई त्रुटि हुन पुगेछ हेर्नुहोस् त मैले यसरि पठाएको थिएँ :-गज़ल****यति छिटै जिन्दगीका पाटाहरु फेरिएछनथाहै नपाइ गन्तव्यका बाटाहरु फेरिएछनहृदयलाई बिच्छ्याएर माया प्रेम सजाएकोस्नेहालु त्यो आँगनीका माटाहरु फेरिएछनकिट पत्थर फुटाएर बनाएको बगैँचालाईचट्ट पारी सिङ्गारेका साटाहरु फेरिएछनथोप्ला थोप्ली बटुलेर दिनानुदिन बहाएकोरगत तथा पसिनाका टाटाहरु फेरिएछनछातिभरी लागेका ती अनगिन्ति चोटहरुघाउ फेरि बल्झिएर खाटाहरु फेरिएछनकोमल भट्टपुरानो नैकाप,काठमाडौँहाल:-न्युयोर्क,अमेरिका17th December,2012
हार्दिक स्वागत छ हजुर लाई तस्बिर बनाउदा गल्ती भएको रहेछ मैले जो देखे उही भनेको हुँ है हजुर गल्ती पेज एड्मिन को रहेछ
हार्दिक धन्यबाद
ReplyDeleteजीतु खड्का गाउले जी,
मैले "गन्तव्य" नै लेखेर पठाएको थिएँ मेरो मूल कापीमा त्यहि छ l तर यहाँ छपाई त्रुटि हुन पुगेछ हेर्नुहोस् त मैले यसरि पठाएको थिएँ :-
गज़ल
****
यति छिटै जिन्दगीका पाटाहरु फेरिएछन
थाहै नपाइ गन्तव्यका बाटाहरु फेरिएछन
हृदयलाई बिच्छ्याएर माया प्रेम सजाएको
स्नेहालु त्यो आँगनीका माटाहरु फेरिएछन
किट पत्थर फुटाएर बनाएको बगैँचालाई
चट्ट पारी सिङ्गारेका साटाहरु फेरिएछन
थोप्ला थोप्ली बटुलेर दिनानुदिन बहाएको
रगत तथा पसिनाका टाटाहरु फेरिएछन
छातिभरी लागेका ती अनगिन्ति चोटहरु
घाउ फेरि बल्झिएर खाटाहरु फेरिएछन
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
17th December,2012
हार्दिक स्वागत छ हजुर लाई
ReplyDeleteतस्बिर बनाउदा गल्ती भएको रहेछ मैले जो देखे उही भनेको हुँ है हजुर गल्ती पेज एड्मिन को रहेछ