Sunday, December 23, 2012

गजल


शिरैमाथी भएपनि छानो हुन्न आकाश त्यो  !!
अंगअंग छुँदै जान्छ आफ्नो हुन्न बतास त्यो  !!

जन्मदेखि मृत्यूसम्म खुसी खोज्दै हिड्छ मान्छे  
जतासुकै जा ए मान्छे आउँछु भन्छ निरास त्यो !!

रसले या रंगले हो फूल राम्रो भन्छन सबै
मै नभए फूल के हो ?हाँस्दै सोध्छ सुवास त्यो !!


मिलनमा मख्ख हुन्छु उनकै न्यानो अंगालोमा
पर्खी भरे एकान्तमा ! धम्की दिन्छ उदास त्यो !!

चुम्छ दीपको अधरले साँझपख सुस्तै सुस्तै
उनी भन्दा भाग्यमानी बन्छ अचेल गिलास त्यो !!
   गजलकार    -सन्दीप ढकाल दीप

No comments:

Post a Comment