Tuesday, August 3, 2010

यस्तै हुन्छ माँया मा

टेकी दियौ मनको दैलो मिर्मिरे प्रहर भो
लेखी दियौ मायाको नाम बाँच्ने रहर भो ||

हाँसी दिन्छौ लजाइ लाली अधर झुकाइ
उठ्यो छल्का समुन्द्री छाल अनौठो लहर भो ||

बाच्नु नै छ जिन्दगी हाँसो उमङ्ग सजाएर
ब्यार्थ ठाने सङ्घर्स आझ दरिलो ठहर भो ||

बस्ती थियो उजाडनै छाप्रो झुपडी भत्किए को
सज्यो मुटु माँयाले फेरी सुन्दर शहर भो ||

No comments:

Post a Comment