Thursday, August 5, 2010

थाहा छैन



कर्कलाको पातमा जिबन ,कैले झर्छु थाहा छैन ?
घिटिघिटी चल्दैछ सास त , कैले मर्छु थाहा छैन ?

पौडी रहे डुब्दैछु दु:खको सागर मै आझै पनि
पिडासरी हुँदैछ मलाई कैले तर्छु थाहा छैन ?

आफ्नालाई रुवाए बनाए दु:खी कती मैले पनि
आखिरको बिदाइ संसार कैले गर्छु थाहा छैन ?

दुनियाँनै छाडेर ममता सबै मायानै मारेर
बंसाइनै सरी परलोकमा कैले सर्छु थाहा छैन ?


खड्ग देबकोटा

No comments:

Post a Comment