Saturday, August 21, 2010

कता जाने हो मुलुक अब

अझै पनि निर्वाचन पछाडी तिरै ठेल्दै छन यहाँ
सांडे हरु जुधी रहे बाच्छाले पनि पेल्दै छन यहाँ||

अरु के नै गर्न सक्छौ ?रगत चुस्न छाडे हाम्रो तिमी
अझै पनि जनताले दु:ख को रोटी बेल्दै छन यहाँ ||

गर तिमी सहमती समय अझै बिति सक्या छैन
अलीकती सोची देउ बैरिले खेल खेल्दै छन यहाँ ||

भबिश्यको कुरा गर्दै बर्तमान मै सु सु गर्छौ किन
गरीबनै महङ्गीको बड्दो मार झेल्दै छन यहाँ ||



जीतु के सी अभागी (गाउले भाई )
मोरङ उर्लाबारी
हाल साउदी अरब

No comments:

Post a Comment