Thursday, December 27, 2012

गजल


आफै  लाई  सर्बज्ञानी  ठान्ने पनि देखे
मुर्ख  अरु  आफै मात्र जान्ने पनि देखे ||

मीत्र हु म  भन्छ  हेर लाज कत्ती छैन
माथि  चढाई तल खुट्टा तान्ने पनि देखे ||

आफु राम्रो अरु खाली ठुलो मान्छे म नै
मेरो गोरु बाह्रै टक्का मान्ने  पनि देखे ||




अगि  वाहा  गरीकन  पछि  बाट फेरि
मौका  पाए  ताकी ढुङ्गा हान्ने पनि देखे ||

कत्ती भय छैन रत्ती जे जे  सुकै  बोली
लाजलाई  पचाएर  बान्ने   पनि  देखे ||

गजलकार -मेरो गौरब

No comments:

Post a Comment