Friday, December 28, 2012

गजल


पथ्थर हो उ, गल्दैन... अब
भीजेको चुल्हा, बल्दैन अब !!

नगर प्रयास, अनाहकमा तेसै
उ लाश भैसक्यो, चल्दैन अब !!



प्रयत्ना बेर्थै, नजलाउ सलाई
नीभेको दियो, जल्दैन अब !!

सुकेको रुखमा, मेहनत किन?
नगोड मलाई, फल्दैन अब !!

नबोलाउ तिमी, “गौरब” भनी
मायामा मलाम, दल्दैन अब !!

-Gaurab Shrestha (Maankura)
 

No comments:

Post a Comment