Friday, December 28, 2012

गजल

म ता स्वप्नमा थेँ उ आयो र जागेँ
जुरुक्कै करैमा उठायो र जागेँ ।

हिजोका ति मीठा सवै प्रेम गाथा
खुशीभै नछोडी सुनायो र जागेँ ।

ति पाखा पखेरा घुमेका ति खोला
सबै याद माला सजायो र जागेँ ।



भएका गरेका वितेका ति हाम्रा
कहानी मजाले बुझायो र जागेँ ।

रमाएर व्युझैँ कतै छैन कोही
खुशी त्यो हुरीले उडायो र जागेँ ।

भुजङगप्रयात छन्द(बहरे मुतकारीव)
iss iss iss iss
जीवन कास्यप
बिराटनगर ५ मेरङ
 

No comments:

Post a Comment