Friday, December 28, 2012

गीत


हिंडेको छु अनगिन्ती मनमा चाहा बोकी
डर लाग्छ कतै आफैं मेटिने पो हो की?

सोचे जस्तो कैलै हुन्न रैछ जिन्दगानी
झेल्दै छु म समयको निर्मम खिचातानी
हत्केलाको रेखा संग कर्म जोखी जोखी
डर लाग्छ कतै आफैं मेटिने पो हो की?


 
 
कर्मप्रति श्रद्दा आस्था पुज्ने ढुंगामा छ
आंत्मा नदि जिन्दगानी बग्ने डुंगामा छ
खहरे झैं अनायासै बग्ने जीवन रोकी
डर लाग्छ कतै आफैं मेटिने पो हो की?

हिंडेको छु अनगिन्ती मनमा चाहा बोकी
डर लाग्छ कतै आफैं मेटिने पो हो की??

No comments:

Post a Comment