घुम्टो ओढी परायको, अन्तै नाता जोडी गयौ
नमेटिने तिम्रो याद, मेरै साथमा छोडि गयौ
भन्थ्यौ भने तिम्रा लागि,आफ्ना खुशी मारि दिन्थें
तिमी बाँच्ने संसारमा, मेरा खुशी सारि दिन्थें
नभनेरै जित्यौ तिम्ले, आखिर बाटो मोडी गयौ
नमेटिने तिम्रो याद ...….. ………….. ………..
भुलुँ भन्थें मैले पनि, सपनिमा आइ रह्यौ
माया मारि जाने तिमी, दिलको माली भै रह्यौ
सुम्पे पनि मुटु मैले, बाचा कसम् तोडी गयौ
नमेटिने तिम्रो याद ..….. ………….. ………..
लक्ष्मण भन्तना "शिरिष"
अश्राङ-४, गोरखा
हाल अबुधाबी
No comments:
Post a Comment