Thursday, December 27, 2012

गजल


व्यर्थै भिर्यौ खुकुरी भिरेर के पायौ?
मुटु मेरो चरचरी चिरेर के पायौ??

बस्छु भन्थ्यौ जुनीभर बस्नु रहेनछ;
छातीभित्र सुटुक्क छिरेर के पायौ?

आफ्नो भागै नराखी सुम्पेकै हुँ खुसी;
गुनको पैँचो बैगुनले तिरेर के पायौ?

तिम्रै कारण यी नयन 'सागर ' भएका छन्;
राहु बनी यो विघ्न पिरेर के पायौ?
 

गजलकार  -बासुदेब बुढाथोकी (सगर )

No comments:

Post a Comment