Saturday, December 29, 2012

गजल


कति रुन्छौ तिमी आँशु छेक्दैन परेलीले।
भित्र पिडा तर बाहिर देख्दैन परेलीले।

आँशुको भेल बगाउदै जती रोउ जीवनमा,
आत्मकथा जिन्दगीको त लेख्दैन परेलीले।

थर्र काप्छ, मान्छे पिडा हुँदा रुवाईको,
भार थाम्छु भन्दै खुट्टा टेक्दैन परेलीले।

निर्दोष आँखा जति भिजाउ रोई तिमी,
कठै ! भन्दै रापले आँखा सेक्दैन परेलीले।

टपन जिःएम्
हाडहाडे दुई गुल्मी,
 

No comments:

Post a Comment