Saturday, December 29, 2012

गीत (दुनियाँमा एक्लो बने,

दुनियाँमा एक्लो बने,आँशुले रुझेको बेला 
झनै पीडा थप्न आयौ,यो मुटु दुखेको बेला 

मेरै संसार प्यारो थियो, बाँचेकै थें एक्लै पनि 
लुटी गयौ सारा खुशी,साथ मलाई दिन्छु भनी 
पिरतीमा तिम्रो नाटक मैले बुझ्न सकिनछु 
रगतको आँसु बगाई आफै रूझ्न सकिनछु । 



यस्तै हो कि भाग्य मेरो,गयौ तिमी रुवाएर 
सकिन म हाँस्न फेरी,परेली यो भिजाएर 
जे छु म ठिकै छु प्रिय,अब नदुखाउ अरु 

सुनसान यो मेरो बस्ति,नटेक भो तिम्ले बरु /


लक्ष्मण भन्तना "शिरिष" 
अश्राङ-४, गोरखा 
हाल – अबुधाबी

No comments:

Post a Comment