Saturday, December 29, 2012

बाल गजल


यी साना हाम्रा हातैले पाखाबारी खन्नेछौं
रोपेर फूल   अनेकौं   लेक-बेंसी भर्नेछौं

छर्नु छ ज्योति सुनौलो हिमाल पहाड तराईमा
यो देश भोलि   धान्नु छ परिश्रमले पढ्नेछौं

गडेका सारा  कुरीति  विकृतिलाई  उखेल्न
चेतना रोप्न   समाजमा दिनरात खट्नेछौं



अशान्ति हटी शान्ति होस् हाम्रो यौटै कामना
कलिला यिनै  ओठैले  बुद्ध वाणी जप्नेछौं
.
सगरमाथा     शिरैमा  चन्द्र-सूर्य  फर्फराई
राष्ट्रिय गीत गुञ्जाउदै हाँस्दै नाँच्दै रम्नेछौं.
.
टिका खड्का(राष्ट्रप्रेमी)
मधुमल्ला-४
मोरंग ,

No comments:

Post a Comment