Monday, December 31, 2012

गजल


                                       चमेलीमा अत्तर छर्छे ईलामेकी परी
हृदयमा रजाई गर्छे  ईलामेकी परी||

मिर्मिरेको सान्नटामा गीत गुनगुनाई
पधेरिमा कलश भर्छे  ईलामेकी  परी||

लुकीछिपी बादलुमा 'साईलो' राजा भन्दै
सपनीमा  बसाई सर्छे ईलामेकी  परी||


रात भरी वरी परी निदरीमा हँसाई
बिपनीमा क्षितिज तर्छे  ईलामेकी  परी||

गोधुली त्यो  साँझमा बाल्दै  प्रेमको दिप
'गरुवाली'को दिलमा झर्छे ईलामेकी  परी||


******गरुवाली तारा******

No comments:

Post a Comment