Monday, December 31, 2012

गजल


मेरो  घरको  झ्याल  रिसाएको छ
चोटा कोठाका पर्खाल  रिसाएको छ ||

आएन भन्छ  बिर्सीयो  परदेशी  ले
मायाको चिनो  रुमाल रिसाएको छ ||



भुलेर  गयो फीरेन जबान फर्किएर
गुनासो पोख्दै  नेपाल रिसाएको छ ||


छोएर  पानी खाएको कसम भुलेछ्
जमाई आँशु फेवाताल रिसाएको छ ||

समाचार उस्को न संन्देश नै आयो
रोएर   डाँफे मुनाल  रिसाएको छ ||

No comments:

Post a Comment