Tuesday, January 1, 2013

लघु कथा+ म जडिया हुनु को राज

मलाई बुवाले भन्नु भएको थियो 
ए छोरा पलवान हुन लाई दही दुध खानु पर्छ चिल्ला तिघ्रा हुन्छन बलियो हुइन्छ भनेर 
मैले पनि बुवाले भने झै दुध दही टन्न खाए अनी 
कत्तिको बलियो भए भनेर परिक्षण गर्न मन लाग्यो र 
घरको भित्तो हल्लाउन खोजे 
के हल्लिनु मर्दा नि हल्लिएन अनी 
के को तागत आउनु नि दुध दहिले 
अनी फेरी रक्सिमा तागत छ कि भनेर 
परिक्षण गर्न
एक गिलास रक्सी स्वाट्ट पारे झम झम भो
अर्को गिलास थपे रिमी रिम भो
अनी अर्को गिलास थपेर यसो
भित्ता हल्लाउनु पर्‍यो दुध र रक्सी मा कुन मा धेर तागत हुन्छ भनेर भित्तामा हेरेको मात्र के थिए
भित्तो त आँफै हल्लिदै थ्यो
बल्ल मैले कुरा बुझे
रक्सी मा खुब तागत हुदो रहेछ भन्ने अनी त्यहा बाट मैले रक्सी खान थालेको हुँ है


jeetu 

No comments:

Post a Comment