Thursday, December 13, 2012

गजल

गरिबलाई दुधभात हुदो रहेनछ

बाह्रैमास् बर्षात हुदो रहेनछ !!

मैले छोएको पानि चल्दैन किन ?
मान्छेको अलग जात हुदो रहेनछ !!

पौरखि पाखुरा जोतिदा प्ररदेशमा
नजाने रात बिरात हुदो रहेनछ !!
 

पैसाको रवाफमा गजल कोर्छन् यहाँ
पैसा बिना त औकात हुदो रहेनछ !!

सदन पुगाका हाम्रा तिँ नेतागणको
काँधमा काँध हातमा हात हुदो रहेनछ !!

मोहन रावल अनमोल 'अस्तु'
बान्नातोलि पाचँ अछाम

No comments:

Post a Comment