Thursday, December 13, 2012

गजल

चन्द्र थियो तारा थियो,जग्मगाउदो रात थियो
बैश थियो प्यास थियो,हामी दुईको मात थियो //

चुमिएछ अधर त्यो , बेहोसिमैपो थिएं म त
ओठ माथी ओठ थियो,हात माथिनै हात थियो //

हामी दुई मस्त थियौ,अन्धकारको दह भित्र
योबनका बेग हरु,रोमान्स भित्रै खात थियो //
 
सिरेटोको याम पनि,पसिनाको त्यि बह मेट्न
मन्द मन्द हावा दिने,हल्ली रहेका पात थियो //

बाचा सगैँ कसम भो,दुई आत्माको मेल भयो
सगैँ बाच्ने सगैँ मर्ने,जिन्दगीको बात थियो //


पासाङ तमु

No comments:

Post a Comment