Monday, January 7, 2013

गजल

हिमाल रुन्छ पहाड रुन्छ तराई रुन्छ सधै।
लुटिन्छ की बन्दी शरीर डराई रुन्छ सधै।

आफ्नै दाजुभाई सन्तान लड्दा आपसमा,
भित्र भित्रै आफ्नै मुटु जलाई रुन्छ सधै।

इतिहास लेख्ने बीर छोरा सम्झिएर,
ठाडो शिर सगरमाथा ढलाई रुन्छ सधै।




बुध्द  मार्ग देखाएर सधै सन्तानलाई,
शान्तीको पाठ सबलाई पढाई रुन्छ सधै।

जन्मभूमि रक्षा गर्न फर्क छिट्टै भनी,
यस्तै सन्देश परदेशीलाई पठाई रुन्छ सधै।

टपन जिःएम

No comments:

Post a Comment