Monday, January 7, 2013

गजल

रमाँउछु गाउँ बेँशी बन पाखामा
दोहोरी र झ्याउरेको लोक भाकामा ।

सल्लाघारी सुसाउछ चिसो वतास
हिमालको तस्वीर छ मेरो आँखामा ।

चौबन्दी र फरीयामा नारी धपक्क
कति राम्रो खुल्छ शिर टोपी ढाकामा ।



चन्द्र सूर्य हाम्रो झण्डा फूल गुराँस
मेची काली सीमा रेखा दुबै नाकामा ।

देश दुखे मन दुख्छ छाती चिरिन्छ
राष्ट्रियता शान हाम्रो कोर खाकामा ।


No comments:

Post a Comment